 
	    काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारविरुद्धको रिट निवेदनमा अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश सपना प्रधान मल्लको एकल ईजलासले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म दिर्घकालिन असर पर्ने कुनै पनि निर्णय नगर्न÷नगराउनु अन्तरिम आदेश जारि गरेको हो ।
ईजलासले उद्धव थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने सम्बन्धमा पेश भएको प्रस्ताव, समर्थन, दाबी, हस्ताक्षर लगायतका सम्पूर्ण कागजात र मुख्यमन्त्री नियुक्ति गरेको निर्णयको सक्कल फाईल कोशी प्रदेश प्रमुखको कार्यालयबाट साउन ३ गतेभित्र झिाकाउन पनि आदेश गरेको छ । यस्तै, आगामी साउन ७ गतेबाट पेशी तोकी निरन्तर सुनुवाई हुने सर्वोच्चको आदेश छ ।
कोशी प्रदेशमा सभामुख बाबुराम गौतमको समथर्नमा गठन भएको उद्धव थापा नेतृत्वको सरकार असंवैधानिक भएको भन्दै नेकपा एमालेका नेता हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।
रिट निवेदनमा असंवैधानिक रूपमा नियुक्त भएका मुख्यमन्त्रीको नियुक्ति बदर गरी धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभामा सबैभन्दा ठुलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्तिको गर्न कार्कीले परमादेश माग गर्नुभएको थियो । असार २१ गते कोशी प्रदेशमा सत्ता गठबन्धनले सभामुख गौतमको हस्ताक्षर सहित बहुमत पुर्याएर थापा नेतृत्वको सरकार गठन गरेको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्