४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


राष्ट्रिय भलिबल क्लब लिगमा पुरुषतर्फ एपिएफको तेस्रो जित


481
Shares

काठमाडौं । सातौं प्रधानमन्त्री कप एनभिए राष्ट्रिय भलिबल क्लब लिगमा पुरुषतर्फ सशष्त्र प्रहरीको नेपाल एपिएफ क्लबले लगातार तेस्रो जित निकालेको छ ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा बुधबार बिहान भएको खेलमा एपिएफले सैलुङ बागढुङ्गामाथि सोझो सेटमा जित निकालेको हो ।

सैलुङविरुद्धको खेल एपिएफले २६–२४, २५–१५ र २८–२६ ले जित्यो । यो जितसँगै एपिएफले प्रतियोगिताको फाइनलमा पुग्ने संभावना बलियो पारेको छ ।

बिहीबार हुने खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई पराजित गर्न सकेको अवस्थामा एपिएफले प्रतियोगिताको फाइनलमा स्थान बनाउनेछ ।