१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


वित्तीय क्षेत्रमा स्वस्थ्य प्रतिस्पर्धा जरुरी : अर्थमन्त्री महत


26
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले वित्तीय क्षेत्रमा स्वस्थ्य प्रतिस्पर्धाको आवश्यकतामा जोड दिनुभएको छ ।

वित्तीय संघसंस्थाले सुविधा पाएनौं मात्र नभनेर जिम्मेवारीप्रति कर्तव्यनिष्ठ र आफूलाई नियमन गर्न सक्यो भने देशको अर्थतन्त्र स्वस्थ्य प्रतिस्पर्धाको बाटोमा अघि बढ्ने उहाँको भनाइ छ ।

मंगलबार नेपाल वित्तीय संस्था कर्मचारी संघले गरेको कार्यक्रममा अर्थमन्त्री महतले आफ्नो हितका लागि मात्र संघसंस्था बनेका होइनन्, आफ्ना सदस्यलाई जिम्मेवार र कर्तव्यनिष्ठ बनाउन पनि हो भनेर संघसंस्था लाग्यो भने यसले सकरात्मक नतिजा दिने उल्लेख गर्नुभएको हो । वित्तीय संस्थालाई प्रतिस्पर्धी बनाउनैपर्नेमा मन्त्री डा. महतको जोड थियो ।

ब्याजदर लगायत अन्य विषयमा मिलोमतोमा निर्धारण हुन थाल्यो भने ढिलोचाँडो यसले समस्या सिर्जना गर्ने भन्दै वित्तीय क्षेत्रमा स्वस्थ्य प्रतिस्पर्धा एकदमै जरुरी रहेको उहाँको जोड रह्यो । उहाँले अहिले लघुवित्त र सहकारीका क्षेत्रमा केही समस्या देखिएको भन्दै बजेटमा सहकारीलाई नियमन घेराभित्र ल्याउने निकायको स्थापना गर्ने प्रस्ताव गरिएको उल्लेख गर्नुभयो । यसलाई छिट्टै कार्यान्वयनमा ल्याउने पनि डा. महतले बताउनुभयो । पछिल्लो सूचांकले मौद्रिक नीति खुकुलो बनाउन सहयोग पुग्ने विश्वास पनि अर्थमन्त्रीले व्यक्त गनुभयो ।