२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


“नवीन राप्रपा–२०८०“ का लागि सुदूरमा ज्ञानेन्द्र र कर्णालीमा धनबहादुर सह कमाण्डर बने


1.404k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले “नवीन राप्रपा–२०८०“ कार्यान्वयनका लागि सुदूर पश्चिम र कर्णाली प्रदेशको सह संयोजक तोक्नु भएको छ ।

सुदूर पश्चिमको सह संयोजकमा पार्टीका प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाही र कर्णाली प्रदेशको सह संयोजकमा सह महामन्त्री धनबहादुर बुढालाई जिम्मेवारी लिइएको छ ।

राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठका अनुसार अध्यक्ष लिङदेनले पार्टीको केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट पारित गरिएको “नवीन राप्रपा–२०८०“ को कार्ययोजना कार्यान्वयनका लागि प्रदेश संयोजकको समन्वयमा रहि कार्यसम्पादन गर्न सुदुर पश्चिमको सह संयोजकमा शाही र कर्णाली प्रदेशको सह संयोजकमा बुढालाई जिम्मेवारी तोक्नुभएको हो ।

अध्यक्ष लिङ्देनले यसअघि सातवटै प्रदेशमा पार्टीका वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरुलाई प्रदेश संयोजकको जिम्मेवारी प्रदान गरिसक्नु भएको छ ।