२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


प्रधानमन्त्रीले नैतिकताका अधारमा राजीनामा दिनु पर्ने लिङलेनको भनाई


2.002k
Shares

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री प्रचण्डले नैतिकताका अधारमा राजीनामा दिनु पर्ने बताउनु भएको छ ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले गत हप्ता प्रधानमन्त्री दाहालले दिएको अभिव्यक्ति राष्ट्रियतासँग जोडिएको भन्दै राजीनामा दिनु पर्ने बताउनु भएको हो ।

लिङदेनले नैतिकता भन्ने चिज जिवित छ भने प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने उल्लेख गर्नुभयो । गत हप्ता प्रधानमन्त्री दाहालले भारतीय नागरिक प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा नेपालको सरकार निर्माण गर्दा भारतसँग छलफल हुने गरेको सन्देश जानेगरी अभिव्यक्ति दिनुभएको थियो ।