Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


अनलाइन जुवा प्रचारमा पक्राउ परेका बल्छी धुर्वे सहितलाई बिगो दाबी गर्दै मुद्दा दायर


15.8k
Shares

काठमाडौं । नेपालमा प्रतिबन्धित अनलाइन जुवा ‘वान एक्स बेट’ प्रकरणमा मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको अभियोगमा पक्राउ परेका ११ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको अभियोगमा पक्राउ परेका कलाकार मरिचमान श्रेष्ठ बल्छी ध्रुर्बे),राजु पौडेल(राजू मास्टर) सहितका कलाकारहरुविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार दिनेश खड्का, अनिता धिताल, जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा, सरोज घिमिरेविरुद्ध पनि मुद्दा दर्ता गरेको छ । खड्का र धितालले वान एक्स बेट सट्टेबाजीमा एजेन्टका रूपमा काम गरेको पाइएको छ । कुशल पोखरेलको हकमा फरार प्रतिवादी कायम गरी मुद्दा दायर गरिएको छ ।

उनीहरुविरुद्ध वान एक्स बेट नामको सट्टेबाजीसँग सम्बन्धित वेवासाइटको प्रचार गरेको आरोप छ । जिल्ला सरकारी वकिल कार्यालयले उनीहरुलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ विपरीत कसुर गरेको अभियोग लगाएको छ । उनीहरुविरुद्ध ६४ करोड ९४ लाख २९ हजार रुपैयाँ विगो दाबी गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ ।