Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


पशुपतिनाथ मन्दिरमा आज विशेष क्षमापुजा गर्दै एमाले अध्यक्ष ओली


29.5k
Shares

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार पशुपतिनाथ मन्दिरमा विशेष क्षमापूजा गर्दै हुनुहुन्छ ।

तिथि अनुसार आजको सोमबारदेखि साउनको ब्रत शुरु हुने भएकाले ब्रत प्रारम्भको पहिलो सोमबार पारेर ओली पत्नी राधिकासहित क्षमा पूजाका लागि पशुपतिनाथ मन्दिर पुग्नुभएको छ।

ओली दम्पतिले मन्दिरमा होमसहित विशेष पूजा गर्ने पशुपति क्षेत्र विकास कोष स्रोतले जनाएको छ । ओली प्रधानमन्त्री रहँदा पशुपतिनाथमा सुनको जलहरी लगाइएकोमा त्यसमा विवाद भएपछि दुई साता अघि जलहरी निकालेर नापतौल गरिएको थियो । त्यस क्रममा पशुपतिनाथमा पूजामा बाधा आएको थियो ।

त्यसको प्रायश्चितका लागि ओलीले क्षमा पूजा गर्न लाग्नुभएको बुझिएको छ । ओलीले निजी खर्चमा विशेष पूजा गर्न लाग्नुभएको हो ।

तिथि अनुसार आजबाट साउनको सोमबार परेकाले पशुपतिनाथ मन्दिरमा अन्य भक्तजनहरुको पनि घुँइचो लागेको छ ।