Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ


10.7k
Shares

काठमाडौं । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले थप दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तत्कालीन नापी कार्यालय काठमाडौंका सर्वेक्षक ध्रुव प्रसाद अर्याल र समरजंग कम्पनीका प्रमुख लोकहरि घिमिरे छन् । उनीहरुलाई काठमाडौंबाट पक्राउ गरिएको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिनुभयो ।

योसँगै ललिता निवास जग्गा प्रकरणमा पक्राउ पर्नेको संख्या ११ पुगेको छ ।

गृह मन्त्रालय मातहत रहेको समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख (नासु) रमेश कुमार पोखरेल, पशुपति टिकिन्छा गुठीका नक्कली मोही देव नारायण महर्जन, तत्कालीन वडा सचिव शिवजी भट्टराई, नापी कार्यालयका कर्मचारी घमान कुमार कार्की र ‘नक्कली मोही’ बाबुराजा महर्जन यसअघि नै पक्राउ परेका छन् ।

यस्तै, भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ, सुधीरकुमार शाह, धर्मप्रसाद गौतम र गोपाल कार्की पनि प्रहरीको हिरासतमा छन् ।