काठमाडौं । थाइल्याण्डको बैंककमा हुने २५ औं एशियन एथलेटिक्स च्याम्पियनसिपमा नेपालका ७ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
जुलाई १० देखि १७ गतेसम्म हुने प्रतियोगितामा नेपालकातर्फबाट दिपक अधिकारी, मुकेश पाल, सोमबहादुर कुमाल, शिवराज पार्की, राजपुरा पछाई, फूलमती राना र आयुष कुँवरले प्रतिस्पर्धा गर्ने भएका हुन् ।
नेपाल एथलेटिक्स संघले चीनमा हुने एशियन गेम्स प्रतियोगितामा छनोट भएका ७ खेलाडीलाई एशियन च्याम्पियनसिपमा पठाउने निर्णय गरेको हो । एशियन गेम्सको पूर्व तयारी स्वरुप एशियन च्याम्पियनसिपको आयोजना गरिएको छ ।
एशियन च्याम्पियनसिपमा दिपकले ५ हजार र १० हजार मिटर, मुकेशले ५ हजार र १५ सय मिटर, सोमबहादुरले ४ सय र ८ सय मिटरमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै, शिवराजले १ र २ सय मिटर,राजपुराले ५ हजार मिटर, फुलमतीले ८ सय र १५ सय मिटर तथा आशुयले १ र २ सय मिटरमा प्रतिस्पर्धा गर्ने मुख्य प्रशिक्षक चन्द्रबहादुर गुरुङले जानकारी दिए ।
राखेप सदस्य सचिव टंकलाल घिसिङले एशियन च्याम्पियनसिप खेल्ने खेलाडीको शनिबार एक कार्यक्रमका बीच बिदाई गरेका छन् ।








प्रतिक्रिया दिनुहोस्