 
	    काठमाडौं । महाकाली नदीको जलस्तर बढ्ने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले सतर्कता अपनाउन आग्रह गरेको छ ।
भारतको उत्तराखण्डमा रहेको तपोवन धार्चुलाको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलिने भएकाले महाकाली नदीको जलस्तर बढ्ने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले सतर्कता अपनाउन आग्रह गरेको हो ।
सूचना जारी गर्दै प्रशासन कार्यालयले वर्षातका कारण धौलीगंगा जलविद्युत् परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रतिदिन वृद्धि हुँदै गएको र बाँधको ढोका खोल्न लागेको जानकारी प्राप्त भएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो ।
लगातारको वर्षा र बाँध खोलिएपश्चात् महाकाली नदीमा जलस्तर बढ्ने सम्भावना बढी भएकाले नदी आसपासका नागरिकलाई सचेत रहन र नदी वारपार नगर्न आग्रह गरिएको छ । दार्चुलादेखि बैतडी,डडेलधुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्नसक्ने भएकाले नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न स्थानीय प्रशासनले पनि अनुरोध गरेको छ ।
धौलीगंगा जलविद्युत् परियोजनाको बाँध वर्षातका बेला हरेक वर्ष खोलिने गर्दछ । विसं २०७० साल असार २ र ३ गते एक्कासी धौलीगंगाको बाँध खोलेपछि दार्चुला सदरमुकाममा एक सयभन्दा बढी घर बगाउनुका साथै अर्बौँ रुपैयाँको क्षति भएको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्