
काठमाडौं । सातौं एन.भि.ए क्लब लिग राष्ट्रिय भलिबल प्रतियोगिता शनिबार देखि सुरु हुँदैछ ।
नेपाल भलिबल संघको आयोनजामा सञ्चालन हुने प्रतियोगिता असार ३० गतेसम्म चल्नेछ । प्रतियोगिताको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
प्रतियोगितामा महिलामा ६ टिम र पुरुषमा ७ टिम समावेश गरिएको छ । महिलातर्फ नेपाल पुलिस क्लब, न्यु डायमण्ड स्पोर्टस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र एभरेष्ट गरि ६ टिम खेल्नेछन् ।
यस्तै, पुरुषमा हेल्प नेपाल, आर्मी, एपीएफ, पुलिस, गण्डकी, दावली मिलन क्लब र शैलुङ बागढुङ्गा गरि ७ टिमले प्रतिस्पर्धा गर्ने टुङ्गो लागेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुने पहिलो खेलमा महिलातर्फ नेपाल पुलिस क्लब र गण्डकी प्रदेश तथा पुरुषमा त्रिभुवन आर्मी र शैलुङ्ग बागढुङ्गा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्