१८ बैशाख २०८२, बिहिबार | Fri May 2 2025


पाकिस्तानको खैबर पख्तुनख्वामा पहिरोमा परी ८ बालकको मृत्यु


78
Shares

एजेन्सी । पाकिस्तानकै खैबर पख्तुनख्वा प्रान्तमा पहिरोमा परी आठ जना बालकको मृत्यु भएको छ ।

खैबर पख्तुनख्वा प्रान्तको शाँगला जिल्लाको मार्टुग इलामा क्रिकेट खेलिरहेका बालकहरु पहिरोमा परेका हुन् ।

क्रिकेट मैदानमा रहेका ९ जना मध्ये आठ जना बालक पुरिएर मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

मृत्यु हुने बालकहरुको उमेर १२ देखि १४ वर्षसम्म रहेको प्रहरी जनाएको छ । पहिरोमा परेका एक बालक भने बेपत्ता रहेका छन् ।

उद्धारका लागि ठुला ठूला मेसिनको प्रयोग गरिएको थियो ।