१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


ब्राजिलमा राष्ट्रपतीय निर्वाचनका एक उम्मेदवारमाथि छुरा प्रहार


0
Shares

ब्राजिल, भदौ २२ । ब्राजिलको राष्ट्रपतीय निर्वाचनका एक उम्मेदवारमाथि छुरा प्रहार भएको छ ।

दक्षिण पूर्वी राज्यको मिनास गेरिसमा आयोजित चुनावी र्‍यालीमा राष्ट्रपतीय निर्वाचनका मुख्य प्रतिस्पर्धी मानिएका जैर बोल्सोनारोमाथि छुरा प्रहार भएको हो । उनको पेटमा चोट लागेको छ ।

छुरा प्रहारबाट घाइते उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ । अस्पतालले उनको अवस्था गम्भीर भए पनि ठीक हुने अपेक्षा गरेको छ ।

बोल्सोनारोमाथि कसले छुरा प्रहार गरेको भन्ने केही खुलाइएको छैन । 

नश्लवादी र होमोफोबिक प्रतिक्रियाका कारण विवाद आउने गरेका बोल्सोनारो नजिकिँदो चुनावको नतिजा आफ्नो पक्षमा पार्न सशक्त ढंगले उत्रिएका थिए ।

ब्राजिलमा आगामी महिना राष्ट्रपतीय निर्वाचन हुँदैछ । (एजेन्सी)