२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


पाल्पाको रिब्दीकोटमा दुईभन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार पुरस्कार


7.527k
Shares

काठमाडौं । पाल्पाको रिब्दीकोट गाउँपालिकाको वडा नम्बर–१ ले दुईभन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार रुपैयाँ पुरस्कार दिने भएको छ ।

वडामा जनसंख्या बढाउनका लागि यस्तो प्रस्ताव ल्याइएको हो । गाउँमा खेतबारी बाँझिदै गएको, विद्यालयमा विद्यार्थी नपुग्नेलगायत समस्या बढ्दै गएपछि वडाले जनसंख्या बढाउन पुरस्कार घोषणा गरेको हो ।

आगामी वर्षका लागि वडाले ६० हजार रुपैयाँ बजेट छुट्याएको छ । दुईभन्दा बढी सन्तान जन्माएर वडामा जन्मदर्ता गराउनेलाई पाँच हजार रुपैयाँका दरले पैसा दिने वडाले जनाएको छ ।

२०६८ को जनगणनामा २ हजार ३४ जनसंख्या रहेकोमा २०७८ मा घटेर २ हजारमा झरेको बताइएको छ ।