२४ मंसिर २०८१, सोमबार | Mon Dec 9 2024


पूर्वी तराईमा प्रचण्ड गर्मी, जनजीवन प्रभावित (भिडियो)


0
Shares

रवीन भट्टराई

झापा, असार ५ । झापासहितका पूर्वी तराईका जिल्लामा बढेको अत्याधिक गर्मीका कारण जनजीवन कष्टकर बनेको छ । केही दिनअघिको वर्षापश्चात् तापक्रम ह्वात्तै बढेपछि जनजीवन प्रभावित भएको हो ।

गृष्म ऋतुको आवागमनसँगै बढ्न थालेको तापक्रम झापामा ३८ डिग्री सम्म पुगेको छ । जुन तापक्रम यो वर्षकै उच्च हो ।

कुनैकुनै बेला चल्ने हावा पनि तातो भएकोले गर्मीले धेरैलाई वाक्कदिक्क बनाएको छ । बढ्दो गर्मीले सबैभन्दा बढी सास्ती त दिउँसोको समयमा खुला मैदानमा काम गर्नेहरुलाई दिएको छ ।

सधैंजसो व्यस्त भइरहने सडकगल्लीमा पनि दिउँसोको समयमा चहलपहल घटेको देख्न सकिन्छ । गर्मीले अधिकांशको दैनिकीलाई असहज बनाउँदै लगेको छ । तातो हावा चल्दा सर्वसाधारणलाई घरबाहिर निस्किनसमेत समस्या भएको बताउँछन् ।

अत्यधिक गर्मीले बजार, शैक्षिक संस्था र सरकारी कामकाज समेत प्रभावित भएको छ । गर्मीबाट केही भएपनि छुटकारा पाउन अधिकांश विद्यालयहरु बिहानको समयमा खोल्न थालिएको छ ।

वर्षापछि लागेको घामले पानी तातिएर भएको वाष्पीकरणका कारण एक्कासी गर्मीको महसुस भएको क्षेत्रीय हावापानी कार्यालय धरानले जनाएको छ ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्