Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ


3.1k
Shares

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले समरजंग कम्पनीका पूर्वअधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई अनुसन्धानका लागि पक्राउ गरेको हो ।

ललिता निवास जग्गा प्रकरणकै अनुसन्धानका लागि आइतबार तीन जना पक्राउ गरेका थिए ।