Logo १४ पुस २०८२, सोमबार | Mon Dec 29 2025


महिला मन्त्रालयको बजेट बढाऔं : सांसद बेल्वासे


39
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेल्वासेले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेट बढाउनुपर्ने बताउनुभएको छ ।

सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य बेल्वासेले आगामी दिनमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेटमा वृद्धि गर्नुपर्ने बताउनुभएको हो ।

सांसद बेल्वासेले सबै मन्त्रालयमा आफू मातहतका संस्थाहरु संरक्षण गर्नेगरी मात्रै बजेट आएको बताउनुभयो । उहाँले मानव विकासका लागि बजेट विनियोजन हुनुपर्नेमा जोड दिनुभयो । त्यसैगरी देशलाई खेलाडीहरुले विश्वमाझ चिनाइरहेको भन्दै खेल क्षेत्रमा पनि लगानी गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय सभा सदस्य बेल्वासेले बनमा रहेका जडिबुटीलाई निकालेर प्रशोधन गरी विदेशी मुद्रा आर्जनको साधन बनाउनुपर्ने बताउनुभयो ।

उहाँले देशभित्र सञ्चालन भएका उद्योगहरुलाई प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो ।