२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


सरकारले ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’का लागि पर्याप्त बजेटको व्यवस्था नगरेको गुनासो


78
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका राष्ट्रियसभाकी सांसद भगवती न्यौपानेले सरकारले ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’का लागि पर्याप्त बजेटको व्यवस्था नगरेको गुनासो गर्नु भएको छ ।

सोमबार राष्ट्रियसभा बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले सो कुरा बताउनु भएको हो ।

सांसद न्यौपानेले महिलाहरुलाई आत्मनिर्भर बनाउने कुरामा पनि बजेटले ध्यान दिन नसकेको दावी गर्नु भयो । उहाँले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको चालु आर्थिक वर्षको पूँजीगत खर्च १० प्रतिशत भन्दा बढि हुन नसकेकोमा आपत्ति जनाउँदै यसबारे सदनलाई जानकारी गराउन पनि सरकारसँग माग गर्नु भयो । सांसद न्यौपानेले सरकारकै कारण संघीयतामाथि वितृष्णा बढाउने काम भईरहेको आरोप समेत लगाउनु भयो ।