
काठमाडौं । ललितपुर जिल्ला अदालतमा कार्यरत नासु प्रेमिका तामाङलाई एक जना अधिवक्ताले कुटेको घटनाको बिवाद चर्किदा कानुन व्यवसायीहरु अदालतमा बहस छोडेर आन्दोलनमा उत्रिएका छन् ।
गत असार १३ गते बुधबार उच्च अदालत पाटनमा कार्यरत नायब सुब्बा तामाङलाई कानुन व्यवसायी अमिर लामिछानेले कुटेको आरोप छ । अदालतका कर्मचारी कूटपिटको आरोपमा पक्राउ परेका कानुन ब्यावासयी लामिछाने साधारण तारेखमा हिजो आइतबार नै रिहा भैसकेका छन् । घटनाको निष्पक्ष छानविन हुनुपर्ने,सीसी टिभी फुटेज सार्वजनिक हुनुपर्ने लगायतका माग राखी सोमबार नेपाल बार एसोसिएसनको आह्वानमा सर्वोच्च बार एसोसियसनसहित काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा कानुन व्यवसायीहरूले प्रदर्शन गरेका हुन् ।
नेपाल बार एसोसिएसनले आइतबार नै देशैभरिका अदालतहरुमा बन्दी प्रत्यक्षीकरण बाहेका मुद्दामा बहस पैरवी नगर्ने भन्दै विज्ञप्ति जारी गरेको थियो । देशभरिका बार इकाइ, वरिष्ठ अधिवक्ता तथा अभिवक्ताहरुलाई बन्दी प्रत्यक्षीकरण बाहेक कुनै पनि वहस नगर्न बारले भनेको छ ।
उता नासु तामाङलाई लामिछानेले कार्यालयभित्रै आक्रमण गरेको भन्दै देशभरका अदालतका कर्मचारीहरु पनि विरोधमा उत्रिएका थिए । आइतबार उनीहरुले तीन घण्टा काम नगरी विरोध जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्