Logo १३ पुस २०८२, आइतबार | Mon Dec 29 2025


आज स्व. गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी मनाइँदै


468
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी सोमबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

विसं १९८१ असार १८ गते जन्मनुभएका कोइरालाको विसं २०६६ चैत ६ गते निधन भएको थियो । जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले रक्तदान, फलफूल वितरण, विचार गोष्ठी, दीप प्रज्वलन लगायतका कार्यक्रम राखेका छन ।

पूर्व सभापति कोइरालाले सशस्त्र विद्रोह सञ्चालन गरेको तत्कालीन नेकपा (माओवादी) लाई शान्तिपूर्ण राजनीतिका मूलधारमा समाहित गराउन र गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका खेल्नु भएको थियो ।

कोइराला मुलुकमा पाँच पटकसम्म प्रधानमन्त्री तथा कांग्रेसको पार्टी सभापति बन्नुभएको थियो ।