
काठमाडौं । आइसीसी विश्वकप छनोटको प्लेअफ खेलमा नेपाल र यूएईबीचको खेल जारी छ ।
यूएईविरुद्व नेपालले पहिला फिल्डिङ गरिरहेको छ । जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि यूएईले ब्याटिङ थालेको हो ।
यूएई विरुद्धको खेलका करण केसीले नेपाललाई पहिलो सफलता दिलाएका छन् । केसीले दोस्रो बलमा नै विकेट लिएका हुन् । यूएईसँगको खेलमा ज्ञानेन्द्र मल्ल, अर्जुन साउद र प्रतिश जिसी प्लेइङ इलाभेनमा परेका छन् । जिम्बाव्वेको हरारेमा चलिरहेको विश्वकप छनोटका समूह चरणको खेलमा यी तीनै जनाले खेल्न पाएका थिएनन् ।
कुशल मल्ल,आरिफ शेख र ललित राजवंशीलाई आराम दिँदै उनीहरुलाई मैदान उतारिएको हो । विश्वकपको सुपर सिक्समा पुग्न नसकेको नेपालले यूएईसँग प्ले अफ खेल्न लागेको हो ।
जारी खेलको विजेताले सातौं स्थानका लागि आयरल्याण्डसँग र पराजित टिमले नवौं स्थानका लागि अमेरिकासँग खेल्ने छ । नेपाल समूह ‘ए’ मा ४ खेलमा ३ मा हार र १ मा जितसहित २ अंकमा चौथो स्थानमा रहँदै सुपर सिक्सको यात्राबाट बाहिरिएको थियो । यूएई भने समूह ‘बी’को चारै खेलमा हार भोग्दै बाहिरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्