२४ आश्विन २०८१, बिहिबार | Thu Oct 10 2024


सम्बन्धविच्छेद गर्ने पुरुष बढे


0
Shares

काठमाडौं, भदौ २२ । मकवानपुर, भीमफेदी–२ का सुरेन्द्र मोक्तान अहिले पत्नीसित सम्बन्धविच्छेदको कानुनी प्रक्रियामा छन् । तीन वर्षदेखि पत्नी अलग बसेकाले सम्बन्धविच्छेदका लागि उनले जिल्ला अदालत मकवानपुरमा भदौ ३ गते उजुरी दर्ता गरे ।

हेटौंडा उपमहानगरपालिका–१७ का २५ वर्षीय शर्मा थरका एक युवकले पनि भदौ ८ गते सम्बन्धविच्छेदका लागि उजुरी दिएका छन् । पत्नी घरभन्दा बढी माइती बस्ने गरेको, घरव्यवहार प्रति जिम्मेवार नभएको र नगद सम्पत्ति हिनामिना गरेकाले अलग हुन चाहेको शर्माको जिकिर छ ।

भदौ १ गतेदेखि मुलुकमा नयाँ संहिता लागू भएको छ । नयाँ संहिताले सम्बन्धविच्छेदका लागि पुरुषलाई पनि महिलासरह अदालत जान सक्ने बनाएको छ ।

नयाँ संहिता लागू भएको १५ दिन (भदौ १५सम्म) जिल्ला अदालत मकवानपुरमा २५ वटा सम्बन्धविच्छेदका उजुरी परेका छन् । त्यसमध्ये १३ पुरुषले उजुरी दर्ता गरेका छन् । –कान्तिपुर दैनिकबाट