Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


संसद प्रभावकारी बनाउने काम राजनीतिक पार्टीहरुले गर्नुपर्छ : सभामुख घिमिरे


65
Shares

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद प्रभावकारी बनाउनेगरी भूमिका निर्वाह गर्न राजनीतिक पार्टीहरुलाई आग्रह गर्नु भएको छ ।

संसद जन अपेक्षा अनुसार चल्न नसकेको आम अनभूति भईरहेको उल्लेख गर्दै उहाँले त्यसलाई प्रभावकारी बनाउने गरी राजनीतिक पार्टीहरुले भूमिका निर्वाह गर्नुपर्ने बताउनु भएको हो ।

६५ औं संसद दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसद जनप्रतिनिधिहरुको सर्वोपरी संस्था भएकाले त्यसलाई प्रभावकारी बनाउने विषयमा पूर्व संसद क्लवभित्र छलफल गर्न उपयुक्त हुने धारणा समेत राख्नुभयो ।

राष्ट्र र जनताको आवश्यक्ता अनुसार कानुन निर्माण गर्ने, भएका कानुनलाई सरकारले प्रभावकारी ढंगले कार्यान्वयन गर्दै जानुपर्ने सभामुख घिमिरेको भनाई थियो ।

उपाध्यक्ष अर्यालले तराई, मधेशमा डोमलगायतका जातिहरुमाथि भएको उत्पीडन कम हुने गरी कानुन, निर्माण गर्नु पर्नेमा जोड दिनुभयो ।