
काठमाडौं, भदौ २२ । नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा चीन, रुस, किर्गिस्तान, युक्रेन र फिलिपिन्समा डाक्टरी पढेर फर्किएका युवा सबैभन्दा विफल भएका छन् ।
परीक्षामा नेपालमै डाक्टरी पढेका युवा भने अन्य देशबाट पढेर आएकाको तुलनामा बढी उत्तीर्ण भएका छन् ।
काउन्सिलका अनुसार सन् २०१६ मा चिकित्सा शिक्षामा स्नातकोत्तर उत्तीर्ण पाँच सय ९२ जना लाइसेन्स परीक्षामा सहभागी थिए । तीमध्ये दुई सय १२ जना अनुत्तीर्ण भएका थिए । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्