२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


अविरल वर्षाका कारण अर्घाखाँचीमा सडक अवरुद्ध


936
Shares

अर्घाखाँची । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण गोरुसिंगे सन्धिखर्क सडक अवरुद्ध भएको छ ।

सन्धिखर्क नगरपालिका ६ को बहखोर र शितगंगा नगरपालिका २ को भुवनपाटामा शुक्रबार राती पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले बताउनुभयो । सडक खुलाउने काम भैरहेको उहाँले बताउनुभयो ।

यस्तै,गोरुसिंगे सन्धिखर्क सडकको सन्धिखर्क–६ दहखोला र शितगंगा १३ कोन्द्रेखोलामा खसेको पहिरो हटाइ सकिएको प्रहरी नायव उपरिक्षक रिजालले बताउनुभयो ।

सडक अवरुद्ध बनेपछि जिल्ला बाहिर जाने र बाहिरबाट जिल्ला आउने यात्रुहरु बिचबाटोमा रोकिएका छन् ।