
काठमाडौं । इंग्लीश फुटबल क्लब म्यान्चेस्टर युनाइटेडले चेल्सीका खेलाडी मेसन माउन्टलाई टोलीमा अनुबन्ध गर्ने भएको छ ।
इंग्लीश राष्ट्रिय टोलीका नियमित सदस्य माउन्टलाई भित्र्याउन म्यान्चेस्टर युनाइटेडले चेल्सीसँग सहमति गरेको छ । माउन्टलाई पाँच वर्षको लागि क्लबमा ल्याउन म्यान्चेस्टर युनाइटेडले कम्तिमा ५ करोड ५० लाख पाउण्ड खर्चिनेछ ।
आधिकारिक सम्झौता भएपछि माउन्ट नयाँ सिजनमा म्यान्चेस्टर युनाइटेड जाने पहिलो खेलाडी बन्नेछन् । प्रशिक्षक एरिक टेन ह्यागले लामो समयदेखि माउन्टलाई आफ्नो टोलीमा ल्याउन प्रयास गरिरहेका थिए ।
मेसन माउन्ट चेल्सीको आफ्नै एकेडेमीका उत्पादन हुन् । अघिल्लो सिजन खेलाडी किनबेचमा ६ सय मिलियन पाउण्ड खर्चिएको चेल्सीले फाइनान्सीयल फेयर प्ले अनुसार यो जुनको अन्तिमसम्म थुप्रै खेलाडी बेच्नुपनै बाध्यता छ ।
उसले यो ट्रन्सफर विन्डोमा काइ हाभर्ट्ज, मेन्डी, काउलीबाली, कान्तेलगायतका खेलाडी बेचिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्