
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्पासको मतका लागि राख्नु भएको प्रस्ताव पछि स्थगित भएको प्रदेश सभा बैठक अझै बस्न सकेको छैन ।
आज प्रदेश सभाबाट विश्वासको मत लिन कार्कीले प्रदेश सभामा आज बिहिबार विश्वासको प्रस्ताव पेश गर्नुभएको थियो । विश्वासको मतबारे बिभिन्न राजनीतिक दलले धारणा राखेपछि ५ बजे बैठक स्थगित भएको थियो । तर बैठक अझै बस्न सकेको छैन । प्रदेश सभा सचिवालयले बैठक अहिले ८ बजे बस्ने सूचना दिएपनि बैठक शुरु भएको छैन । विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुअघि सरकारको तर्फबाट मुख्यमन्त्री कार्कीले बजेटसम्बन्धी अध्यादेश प्रदेशसभामा पेश गर्नुभएको थियो । प्रदेश सरकारले प्रदेशअधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत आगामी आर्थिक वर्षको बजेट ल्याएको थियो ।
सरकार जोगाउन मुख्यमन्त्री कार्कीलाई ४७ मत आवश्यक पर्छ । कार्कीलाई एमालेका ४० र राप्रपाका ६ सांसदको मात्र समर्थन रहेको छ । कोशी प्रदेशमा एमालेको ४०,राप्रपाको ६ सिट रहेको छ । त्यसैगरी विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका २९, सभामुखबाहेक माओवादी केन्द्रका १२, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद छन् । सभामुखबाहेक दुवै पक्षमा समान ४६–४६ सांसद हुन्छन् । बराबरी भएको अवस्थामा सभामुखले निर्णयक मत दिन पाउँने व्यवस्था छ । तर जसपाले भने मत कसैलाई मत नदिएर तटस्थ बस्ने जनाएको छ । कार्की गत पुस २४ मा एमालेका तर्फबाट मुख्यमन्त्री बन्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्