Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


उदयपुरमा गुराँसे बन बनाउने अभियान


2.3k
Shares

खेमराज दाहाल

उदयपुर । उदयपुरमा गुराँस वन जोगाऔ अभियान सुरु गरीएको छ । बृक्षारोपण दिवसको अवसर पारेर धार्मिक स्थल रौता पोखरी आसपासमा गुराँसको वन रोप्ने अभियान सुरु गरिएको हो ।

त्रियुगा नगरपालिका वडा नम्बर १५ ले गुँरास संरक्षण गर्ने उदेश्यले गुराँसको विरुवा रोप्ने अभियान सुरु गरेको हो । गुराँसको वन निर्माणका लागि आवश्यक बिरुवाहरु त्रियुगा उद्योग बाणिज्य संघले गुराँसको राजधानी भनेर चिनिने तेह्रथुमको तीनजुरे क्षेत्रबाट ल्याएको हो । नगरपालिका, स्थानीय युवा र उद्योग बाणीज्य संघको पहलमा २२ प्रजातीका १ हजार गुराँसका बिरुवा तीन स्थानमा रोपेर गुराँस वनको निर्माण शुरु गरिएको छ ।

गुराँसलाई पायक पर्ने स्थान डहर रमिते, बाँझभिर र सल्लाहापाखाबाट गुराँस वन निर्माण गर्ने अभियान थालिएको हो । त्रियुगा नगरपालिकाका मेयर वसन्त वस्नेतले गुराँसका बिरुवा रोपेर सुरुवात गर्नुभएको हो । गुराँस वन निर्माण गर्न सके दिगो रुपमा पर्यटकीय विकास हुनसक्ने मेयर बस्नेतको भनाई छ ।

गुँरास काट्दा र रुखहरु बुढा हुदै जाँदा जंगलबाट गुराँस लोप हुदै गएकाले संरक्षण गर्नु आवश्यक रहेको छ । लालीगुराँसको वन बढाएर पर्यटकीय हव बनाउने योजना अनुसार गुँरास वनको निर्माण गर्न लागिएको वडा अध्यक्ष गणेश तिमल्सिनाले बताउनुभयो
धार्मिक आस्थाको महत्वपूर्ण स्थान पनि भएकाले यहाँ लालीगुराँसको वन निर्माण गर्न सके पर्यटनको माध्यमबाट आम्दानी लिन सकिने स्थानीय बताउछन् ।

उदयपुरको मुख्य धार्मिक आस्थाको केन्द्रसंगै रहेको यस क्षेत्रमा गुँरास वनको निर्माण गर्न सके उदयपुर, सिराहा, सप्तरी, खोटाङ, सुनसरी, मोरङ लगायत छिमेकी देशका समेत भक्तालु र पर्यटक आउँ सक्ने देखिन्छ ।