Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


बजेटले जनताको अपेक्षालाई पूरा गर्नुपर्छ : सांसद चौधरी


78
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले प्रतिनिधि सभा बाट पारित भएको बजेटले जनताको अपेक्षालाई पूरा गर्नुपर्ने बताउनुभएको छ ।

बुधवार प्रतिनिधिसभाले बजेट पारित गरेसँगै सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद चौधरीले बजेटले जनताको अपेक्षालाई पूरा गर्नुपर्ने बताउनुभएको हो । उहाँले विनियोजन भएको बजेटलाई सम्बन्धित निकायले पूर्ण रुपमा सदुपयोग गर्नुपर्ने बताउनु भयो । उहाँले मन्त्रालयहरुले बजेट खर्च गर्न सक्नुपर्ने पनि बताउनु भयो । उहाँले पुँजिगत खर्चलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सरकारले ठोस कदमहरु चालेको पनि बताउनु भयो ।

उहाँले बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालय मात्रै नभइ सबै मन्त्रालय उत्तिकै जिम्मेवार हुनुपर्ने बताउनु भयो ।