काठमाडौं । पछिल्ला दिन उछाल आएको शेयर बजारमा बुधबार दोहोरो अंकको करेक्सन आयो ।
उतार चढावबीच बजार परिसूचक नेप्से ३५ अंकले ओरालो लागेर २१ सय ५० कायम हुँदा कारोबार भने थप बढेर ६ अर्ब नजिक पुग्यो । हिजो नेप्से ५६ अंकले उकालो लाग्दा साढें ५ अर्ब हाराहारीमा कारोबार भएको थियो । यसदिन मात्र जीवन बीमा समूह अढाई प्रतिशले उकालो लागे बाहेक बाँकी समूह ओरालो लागे । अन्य समूह सबैभन्दा उच्च ३ प्रतिशत बढीले ओरालो लाग्दा हिजो उच्च सुधार आएका लघुवित्त, वित्त समूह ३ प्रतिशतले ओरालो लागे ।
विकास बैंक, व्यापार, होटल तथा पर्यटन समूहमा पनि २ प्रतिशत बढीको कमी आयो । यसदिन नेपाल स्टक एक्सचेन्जमा २ सय ८० कम्पनीको १ करोड ३३ लाख कित्ता शेयर ५ अर्ब ९७ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । हिजो ४० वटा कम्पनीका शेयर सर्किट लेबलमा कारोबार हुँदा आज जम्मा ३ वटा कम्पनी– हिमालय लाईफ, बीपीडब्लू लघुवित्त र सीटी होटलका लगानीकर्ताले १० प्रतिशत कमाए ।








प्रतिक्रिया दिनुहोस्