१६ भाद्र २०८२, सोमबार | Mon Sep 1 2025


निजी क्षेत्र तीन तहले लगाउने करको चक्करमा पिल्सियो : अध्यक्ष अग्रवाल


507
Shares

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले निजी क्षेत्र तीन तहले लगाउने करको चक्करमा पिल्सिएको बताउनुभएको छ ।

उहाँले तीन तहको सरकारले कर प्रणालीलाई एकद्वार प्रणालीमार्फत लिने व्यवस्था गर्न आवश्यक रहेको बताउनु भएको हो ।

निजी क्षेत्र र जनता अहिले केन्द्र सरकार,प्रदेश र स्थानीय सरकारले छुट्टा छुट्टै कर लिने व्यवस्थाले मारमा परेको उल्लेख गर्दै अध्यक्ष अग्रवालले संघीयता लागू भएसँगै खर्च बढ्यो भन्दैमा उद्योगी व्यवसायी र जनतालाई राज्यले तेहेरो करको मारमा राज्यले पार्ने बताउनुभयो ।

उहाँले राज्यले दिने सेवा सुविधा कटौती गर्ने तर, उद्योग व्यवसायमा कर बढाउने नीति राम्रो नभएको स्पष्ट पार्नुभयो । संघीय सरकारले आर्थिक विधेयकमार्फत विभिन्न वस्तु तथा सेवामा बढाएको कर संशोधन गर्न आवश्यक रहेको उहाँको भनाई छ ।

अध्यक्ष अग्रवालले बैंक तथा वित्तीय संस्थाहरुमा एफपिओ,मर्जर एक्युजिसनमा लगाएको कर खारेज हुनुपर्ने बताउनुभयो ।