३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


बजेट बनाउँदा करको विषयमा कसैको मुख हेरेको छैन : अर्थमन्त्री महत


78
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले करको विषयमा कसैको मुख नहेरेको दाबी गर्नुभएको छ ।

शुक्रबार नेपाल उद्योग परिसंघको २०औँ साधारण सभामा बाल्दै मन्त्री महतले बैंकको एफपीओ, मर्जर एक्विजेसनमा कुनै नयाँ प्रावधान नगरेको बताउनुभयो । उहाँले विगतमा जे व्यवस्था थियो त्यसमा केही परिवर्तन नगरिएको बताउनुभयो ।

अर्थमन्त्री महतले करको विषयमा देशको हीतलाई हेरेर दर हेरफेर गरिएको बताउनुभयो । उहाँले करका दर हेरफेरमा जसले मुख हेरियोस् भन्ने आशमा रहेकाहरु रिसाएको भन्दै आफूले समग्र उद्योग र अर्थतन्त्रको हीतमा केन्द्रित भएर कर प्रस्ताव गरेको दाबी गर्नुभयो ।

अर्थमन्त्री महतले बैंकको एफपीओ, मर्जर एक्विजेसनमा कर लगाउने विषयमा महालेखा परीक्षकको सुझाव अनुसार सरकारले करमा ऐन तथा नियम अनुसार सहजीकरण गरिएको उल्लेख गर्नुभयो । उहाँले बैंकको एफपीओ, मर्जर एक्विजेसनमा कर लगाउनुपर्ने विषयको निराकरण आफूले नभएर अदालतले मात्रै टुंगो लगाउन सक्ने बताउनु भयो ।

अर्थमन्त्री महतले यसबारे व्याख्या गर्ने अधिकार आफूलाई नभएकोले यसको व्याख्या अदालतले मात्र गर्नसक्ने बताउनुभयो । उहाँले महालेखाले भनेको विषय मन्त्रीले काट्नसक्ने अवस्था नभएकाले लागू गरेको दाबी गर्नुभयो ।

अर्थमन्त्री महतले विगतका सरकारले निरन्तरता करछुट बढ्दै गएकाले त्यसलाई नियन्त्रण गरेको बताउनुभयो । उहाँले सरकारले बजेटमार्फत कर नभएर करको दायरालाई बढाएको दाबी गर्नुभयो । उहाँले सरकारले ल्याएको बजेटले अर्थतन्त्र चलायमान हुने बताउनुभयो ।

अर्थमन्त्री महतले मौद्रिक नीतिले पनि अर्थतन्त्रमा थप सुधार ल्याउने अपेक्षा रहेको बताउनुभयो । उहाँले बजेटमा साधरण खर्चतर्फ सामाजिक सुरक्षा लगायतका विषयबाट सरकार पछाडि हट्न नसकेकाले पुँजीगत खर्चको स्पेस बढाउन नसकेको स्वीकार गर्नुभयो । उहाँले सरकारको ऋण तथा ब्याज तिर्ने दायित्व बढेको र अर्को वर्ष अझै बढ्दै जाने चिन्ताको विषय बनेको बताउनुभयो ।