२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


कलाले पहिचानलाई समाज र विश्वमै सम्प्रेषित गर्ने काम गर्छ : गृहमन्त्री श्रेष्ठ


91
Shares

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कला जीवनका विभिन्न आयामहरुको प्रतिबिम्व भएको बताउनुभएको छ ।

शुक्रबारबाट काठमाडौंमा नेपालस्थित बंगलादेशी दूतावासले सुरु गरेको लभ फर ल्याङ्ग्वेज एण्ड कल्चर मेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कलाले परम्परा, संस्कृतिलाई प्रतिनिधित्व गर्ने बताउनुभयो ।

गृहमन्त्री श्रेष्ठले कलाले पहिचानलाई पनि आफ्नो समाज र विश्वमै सम्प्रेषित गर्ने कामगर्ने बताउनुभयो । उहाँले कला जीवनको अभिन्न पक्ष भएको भन्दै कलाको संरक्षण र संवद्र्धन गर्न जरुरी रहेको बताउनुभयो ।

मेला असार ८ गतेदेखि १२ गतेसम्म बबरमहलस्थित कला परिषद्मा सञ्चालन हुने छ । मेलामा नेपाल र बंगलादेशबीचका सम्बन्धका सांस्कृतिक महत्वका चित्रहरु प्रदर्शन गरिने छ ।