२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


कान्तिपुर हिसान एडु फेयर पुनः सञ्चालन


299
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले बन्द गराएको ८ औं कान्तिपुर हिसान एडु फेयर पाटन उच्च अदालतबाट अनुमति पाएसँगै पुनः सञ्चालन भएको छ ।

शुक्रबारबाट मेला सुरु भएको हो ।

शैक्षिक मेला असार ८, ९ र १० गते सञ्चालन हुने छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्स लिमिटेडको संयुक्त आयोजनामा भइरहेको मेलामा विद्यार्थी, अभिभावक र सरोकारवालाहरुले नेपालका प्रतिष्ठित शिक्षालय र गुणस्तरीय शिक्षाबारे परामर्श लिन सक्नेछन् ।

मेलामा बोल्दै हिसानका उपाध्यक्ष एवं मेला संयोजक टंकराज आचार्यले जिज्ञासु विद्यार्थी र अभिभावकहरुलाई नेपालका शिक्षालय र तिनले प्रदान गर्ने गुणस्तरीय शिक्षाको बारेमा जानकारी गराउन मेला आयोजना गरिएको बताउनुभयो । उहाँले १० गतेसम्म चल्ने मेलामा ७५ भन्दा बढी शिक्षालय, विद्यालय, विश्वविद्यालयहरु सहभागी हुने बताउनुभयो ।

गत जेठ ३२ गते सञ्चालन भएको मेला काठमाडौं महानगरपालिकाले अनुमति नलिइकन सञ्चालन गरेको भन्दै बन्द गराएको थियो ।

शुक्रबारबाट मेला पुनः सुचारु भएको छ ।