बढी मूल्य पाउने भएपछि उसिनेर अदुवा बिक्री गर्दै किसान • Image Khabar Image Khabar


बढी मूल्य पाउने भएपछि उसिनेर अदुवा बिक्री गर्दै किसान


Imagekhabar
४ असार २०७५, सोमबार २२:०१

बढी मूल्य पाउने भएपछि उसिनेर अदुवा बिक्री गर्दै किसान

धनकुटा, असार ५ । अदुवाको मूल्यमा गिरावट आएपछि धनकुटाको शहिदभूमि गाउँपालिकाका किसानले बढी मूल्य पाउने आशामा उसिनेर अदुवा बिक्री गर्न थालेका छन् ।

शहिदभूमि गाउँपालिकाको आँखिसल्ला, खोकु र छिन्ताङका किसान तथा तरकारी उपज संकलन केन्द्रका सञ्चालकले अदुवा बिक्री गर्न नयाँ तरिका अपनाएका हुन् ।

यहाँका किसानले ताजा अदुवा प्रतिकिलो ३४ देखि ४० रुपैयाँमा बिक्री गरिरहेका छन् । धुलो मसलाका लागि प्रयोगमा आउने उसिनेको अदुवा व्यापारीमार्फत प्रतिकिलो १ सय २० रुपैयाँसम्ममा बिक्री हुने गरेको किसान बताउँछन् ।

यद्यपि उपकरण र प्रविधि अभावमा अदुवा उसिन्न पुरानै घरेलु तरिका अपनाउन किसान बाध्य छन् । शहिदभूमि गाउँपालिका क्षेत्रका करिब ७ सय किसान अदुवा खेतीमा आश्रित छन् ।

यहाँ उत्पादित अदुवा धरान, विराटनगरका बजार साथै भारत समेत निकासी हँुदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्