काठमाडौं । ग्लोबल युथ पालियामेन्टका अध्यक्ष दिवाकर अर्याल राष्ट्रिय युवा प्रतिभा सम्मान पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
लामो समयदेखि युवाका विविध सवालमा काम गर्दै आएका अर्याललाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले यस बर्षको राष्ट्रिय युवा प्रतिभा सम्मान पुरस्कारबाट नगद रू. १ लाखसहित सम्मान गरेको हो ।
युवाका विभिन्न क्षेत्रमा प्रत्येक वर्ष १० जना युवालाई गरिदैं आएको सम्मान यसपटक युवा शशक्तिकरण र नेतृत्व विकास क्षेत्रबाट अर्याल सम्मानित हुनुभएको हो ।
धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ४ मा ढोलामा जन्मिएका ३२ वर्षीय अर्यालले ग्लोवल युथ पालियामेन्टलाई अहिले विभिन्न देशमा फैलदै ८६ मुलुकमा शाखा विस्तार गरि सक्नु भएको छ । यस्तै, ८० वढी देशका युवालाई सहभागि गराएर युवाको राष्ट्रिय सम्मेलन समेत गरिसकेका छन् ।
युवा तथा खेलकुद मन्त्रालयमा आयोजित सम्मान कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र मन्त्रालयका सचिव सूर्य प्रसाद गौतम लगायतको सहभागिता रहेको थियो ।
अर्याललाई यसअघि नेपाल सरकारले “समाजसेवा रत्न २०७९” विभुषणदबाट समेत विभुषित गरिसकेको छ । उहाँले नेपालको प्रवर्द्धन तथा अन्तराष्ट्रीय सम्वन्ध र कुटनितिमा समेत महत्वपुर्ण योगदान पुर्याउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्