२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


सुदूरपश्चिमका कानून मन्त्रीसहित तीन जनाको मृत्यु हुने गरी भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन


754
Shares

कैलाली । बझाङमा मंगलबार सुदूरपश्चिम प्रदेश मन्त्रीसहित तीन जनाको मृत्यु हुने गरी भएको सवारी दुर्घटनाको छानबिन गर्न समिति गठन भएको छ ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहसहित तीन जनाको मृत्यु हुने गरी भएको सवारी दुर्घटना छानबिनका लागि समिति बनेको हो ।

प्रदेश सरकारले १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गंगाबहादुर खरेलको अध्यक्षतामा ६ सदस्यीय छानबिन समिति बनाएको हो ।

समितिमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव नवराज ओझा, मुख्यन्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता टेकबहादुर थापा, यातायात व्यवस्था कार्यालयका मेकानिकल इन्जिनियर सदस्य छन् ।

समितिको सदस्यसचिवमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका अधिकृत विष्णुदत्त अवस्थी रहेका छन् ।

मन्त्री नियुक्त भएको ३० औं दिनमा पहिलो पटक गृहजिल्ला बझाङ जाने क्रममा बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा नजिकै दुर्घटना हुँदा सिंह सहित ३ जनाको मृत्यु भएको थियो ।