Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


लिम्बूको कप्तानीमा नेपाल मैदानमा, सुरुआती ११ मा विराज, नवयुग, भरत परेनन्


0
Shares

काठमाडौं, भदौ २१ । बंगलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप फुटबलअन्तर्गत् नेपाल र भुटानबीचको खेल भर्खरै सुरु भएको छ ।

पहिलो खेलमा हार व्यहोरेका दुवै टोली आज जितको खोजीका साथ मैदानमा उत्रिएका हुन् ।

नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आज नियमित कप्तान विराज महर्जनलाई सुरुआती ११ मा नराखेपछि कप्तानको जिम्मेवारीसमेत गोलकिपर किरणकुमार लिम्बूलाई दिइएको छ ।

राष्ट्रिय टोलीबाट एक दशक खेलिसकेका लिम्बूले राष्ट्रिय टोलीलाई पहिलोपटक नेतृत्व गर्ने मौका पाएका हुन् ।

त्यसैगरी, फरवार्डहरु नवयुग श्रेष्ठ र भरत खवास पनि सुरुआतीमा नपरेको ढाकामा रहेका अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष कृष्ण थापाले जानकारी दिए ।

सो खेलमा गोलकिपर किरणकुमार लिम्बू, डिफेन्डरमा आदित्य चौधरी, अनन्त तामाङ, सुमन अर्याल, दिनेश राजवंशी, मिडफिल्डर रोहित चन्द, विशाल राई, सुनिल बल, सुजल श्रेष्ठ, अञ्जन विष्ट र फरवार्डमा बिमल घर्तीमगर रहेका छन् । रासस