 
	    काठमाडौं । १४ औं संस्करणको साफ च्याम्पियनसिप बुधबारदेखि भारतको बैंगलोरमा सुरु हुँदैछ ।
दक्षिण एसियाली फुटबल महासंघ साफको पहिलोन खेलमा भोलि नेपालले कुवेतको सामना गर्दैछ ।
साफ च्याम्पियनसिपका लागि नेपाली टोली यसअघि नै भारत पुगिसकेको छ । धेरै नयाँ खेलाडी रहेको नेपाली टिम थोरै समयको तयारी र एउटा मात्रै मैत्रीपूर्ण खेल खेलेर बैंगलोर पुगेको हो । प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । यो समूहमा नेपालसहित, कुवेत, भारत र पाकिस्तान रहेका छन् ।
आजको प्रिम्याच कन्फेरेन्समा नेपालका प्रशिक्षक एनेसले तयरीका लागि थौरै समय भए पनि टिमप्रति सकरात्मक रहेको बताए । शहीद स्मारक लिग नसकी क्लबहरुले खेलाडी छाड्न नमाने पछि नेपाली टिमले तयारी नै गर्न पाएको छैन । जेठ २७ गते लिग सकेर नेपाली खेलाडी त्यसको २ दिनपछि फिलिपिन्स उडेका थिए ।
१४ औं पटक यो प्रतियोगिता खेल्न लागेको नेपालका लागि एक चोटी फाइनल पुग्नु नै अहिलेसम्मकै ठूलो उपलब्धि हो । दक्षिण एसियाली फुटबल महासंघ साफको आयोजनामा हुने यस प्रतियोगिताको गत संस्करणमा नेपाल फाइनल पुगेको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्