काठमाडौं, भदौ २१ । प्रतिनिधिसभाअन्तर्गत्को विकास तथा प्रविधि समितिले ‘आवासको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ अध्ययन गरी सुझाव दिन एक उपसमिति गठन गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले विधेयकमाथि अध्ययन गरी आवश्यक सुझाव दिन सात सदस्यीय उपसमिति गठन गरेको हो ।
उपसमितिले अध्ययन गरी तयार पारेको सुझावका आधारमा समितिले आवासको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक परिमार्जन गरी प्रतिनिधिसभामा पठाउने भएको छ ।
बैठकमा समितिका सदस्यहरुले सबै नागरिकको आवास पाउने अधिकार सुनिश्चित हुनेगरी कानुनी व्यवस्था गर्न विधेयकमा आवश्यक संशोधन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।
बैठकमा समितिका सदस्य झलनाथ खनालले विधेयक महत्वपूर्ण भएकाले यसको गहन अध्ययन गरेर आवश्यक परिमार्जन गर्नुपर्नेमा जोड दिए ।
विधेयकमा आवासविहीन नागरिकलाई आवासको सुनिश्चित गर्न विशेष कानुनी व्यवस्था गर्ने उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्