
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले अमेरिकाविरुद्ध फिल्डिङ गरिरहेको छ ।
जिम्बाबेको हरारे मैदानमा नेपालले टस जितेर पहिला फिल्डिङ रोज्दै अमेरिकालाई ब्याटिङ्को निम्तो दिएको हो ।
अमेरिकाविरुद्धको खेलमा चोटका कारण तिब्र गतिका बलर सोमपाल कामी घाइते भएपछि टीममा एक परिवर्तन गर्दै उनको स्थानमा बायाँ हाते स्पिनर ललित राजवंशीलाई समावेश गरिएको छ । पहिलो खेलमा जिम्बावेसँग पराजित नेपाल यस खेलमा आफ्नो पहिलो जितको खोजीमा रहेको छ ।
पहिलो खेलमा वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको अमेरिका पनि यस खेलमा नेपाललाई पराजित गर्दै पहिलो जित निकाल्ने लक्ष्यमा रहेको छ । नेपालले विश्वकप छनोटको समूह चरण अन्तर्गत तेस्रो खेल बिहीबार वेस्ट इन्डिज र समूह चरणको अन्तिम खेल शनिवार नेदरल्यान्ड्ससँग खेल्नेछ ।
विश्वकप छनोटमा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल, वेस्ट इन्डिज,अमेरिका,नेदरल्यान्ड्स र जिम्बाब्वे छन् । समूह ‘बी’ मा आयरल्यान्ड,ओमान, स्कटल्याण्ड, श्रीलंका र यूएई छन् ।
प्रत्येक समूहबाट शीर्ष तीन टिमले सुपर सिक्समा स्थान बनाउने छन् र दुई टिमले विश्वकपमा स्थान बनाउने छन् ।
प्रतिक्रिया दिनुहोस्