काठमाडौं । नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीस्थित भोक्राहा नरसिंह गाउँपालिकालाई ‘विशेष आर्थिक क्षेत्र’ घोषणा गर्न सरकारसँग माग गर्नु भएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै उहाँले सो क्षेत्रमा आवश्यक पूर्वाधार विकास भईसकेकाले विशेष आर्थिक क्षेत्र घोषणा गर्न सरकारले ढिलाई गर्न नहुने तर्क समेत गर्नु भयो ।
सांसद कार्कीले पूर्वी पहाडी जिल्लाहरुमा बाढि र पहिरोमा परी धेरै धनजनको क्षति भएको उल्लेख गर्दै पीडितलाई उचित राहत, उद्धार र पुनर्वासको आवश्यक व्यवस्था मिलाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।
सांसद कार्कीले बाढि, पहिरो पीडितलाई सहज हुने गरी आवश्यक खाद्यान्न लगायतका अति आवश्यक बस्तुहरुको व्यवस्था मिलाउन पनि सरकारले ध्यान दिनुपर्ने बताउनु भयो ।





प्रतिक्रिया दिनुहोस्