Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


अन्तर बिद्यालय ह्याण्ड राईटिङ प्रतियोगिताको उपाधि नोबल एकेडेमीका छात्र खनाललाई


1.3k
Shares

काठमाडौं । अन्तर विद्यालयस्तरीय ह्याण्ड राईटिङ (हस्त लेखन) प्रतियोगिताको उपाधि नोबल एकेडेमीका छात्र आरोस खनालले जितेका छन् ।

आइतबार काठमाडौंमा सम्पन्न भएको अन्तर विद्यालयस्तरीय ह्याण्ड राईटिङ प्रतियोगिताको उपाधि नोबल एकेडेमी बानेश्वरमा अध्ययनरत छात्र आरोस खनालले जितेका हुन् । आपसी शैक्षिक गतिविधि फोरमले मेगा स्कुलमा कार्यक्रम आयोजना गरेको थियो । अन्तर विद्यालय ह्याण्ड राईटिङ प्रतियोगितमा २० वटा विद्यालयलाई पछि पार्दे नोबल एकेडेमी कक्षा–५ मा अध्ययनरत छात्र आरोस खनाल प्रथम भएका हुन् ।

प्रतियोगितामा ज्ञान निकेतन, बेबिलोन, विद्यामन्दिर, मेगा स्कुल,इलिजर, पिस स्कुल, पिक प्वाईन्ट, विस्कीटलगायत २० वटा विद्यालयमा अध्ययनरत विद्यार्थी सहभागि थिए ।आइतबार नोबल एकेडेमीमा आयोजित एक कार्यक्रममा एकेडेमीका प्रिन्सिपल रविन दाहालले हे ह्याण्ड राईटिङ आफैमा शैक्षिक कला भएको बताउनुभयो । उहाँले यस वर्षको उपाधि हात पार्न नोबल एकेडेमी सफल भएको र आगामी दिनमा अझ सशक्त भएर लाग्ने बताउनु भयो ।

‘शैक्षिक प्रगतिको लागि सुन्दर अक्षर आवश्यक छ’, उहाँको भनाई थियो । कार्यक्रममा सबै विद्यालयलाई पछि पार्दे नोबल एकेडेमीको गौरव बढाएको भन्दै छात्र खनाललाई प्रमाणपत्र, ट्रफीसहित सम्मानित गरिएको थियो ।