
काठमाडौं । निजी शैक्षिक संस्थाको साझा सञ्जालले ८ औं कान्तिपुर हिसान एडु फेयर सञ्चालन गर्नबाट रोक्नु काठमाडौं महानगरको ज्यादती भएको आरोप लगाएको छ ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजकले ८ औं कान्तिपुर हिसान एडु फेयर सञ्चालन गर्नबाट रोक्नु काठमाडौं महानगरको ज्यादती भएको आरोप लगाएको हो ।
आायेजकमा उच्च शिक्षालय तथा माध्यमिक विद्यलय संघ नेपाल (हिसान) र कान्तिपुर पब्लिकेशन लिमिटेड रहेका छन् । उनीहरुले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग अनुमति र जिल्ला प्रशासन कार्यालय तथा काठमाडौं महानगरपालिकालाई जानकारी दिएर शुरु भएको मेला कुनै लिखित जानकारी बिना नै कर्मचारी सुरक्षाकर्मीको साथमा बन्द गराउनु न्यायाचित नभएको उनीहरुको ठहर छ ।
पत्रकार सम्मेलनमा बोल्दै हिसानका उपाध्यक्ष युवराज शर्माले काठमाडौं महानगरपालिकाका प्रहरीहरुले माथिको आदेश भनि हस्तक्षेप गरी मेला सञ्चालनमा अवरोध गरी विद्यार्थी र अभिभावकको सुसुचित हुने अधिकार वञ्चित गराएको बताउनुभयो ।
आयोजकले शिक्षा जगतलाई नै तरंगित र आतंकित बनाएको आरोप लगाएको छ ।
प्रतिक्रिया दिनुहोस्