
काठमाडौ । एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्रतियोगितामा जिम्बाबे बिरुद्धकोआफ्नो पहिलो खेलमा आइतबार नेपालले ३१.५ ओभरमा एक सय ७१ रन बनाउँदै पहिलो विकेट गुमाएको छ ।
नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल ९९ रन बनाउँदै आउट भए । उनी शतक बनाउन १ रनले चुके । कुशलले ९५ बल खेल्दै १३ चौका र २ छक्का प्रहार गरे । कुशलले अर्का ओपनर आसिफ शेखसँग पहिलो विकेटमा १ सय ७१ रनको साझेदारी गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यो सबैभन्दा ठुलो साझेदारी हो । कुशल ९९ रनमा आउट हुँदा आसिफ ६६ रन बनाएर आउट भएका छन्। नेपालले ३७ ओभरमा २ विकेटको क्षतिमा १७४ रन जोडेको छ। जिम्वाब्बेको हरारेमा खेल जारी छ ।
प्रतिक्रिया दिनुहोस्