४ श्रावण २०८२, आइतबार | Mon Jul 21 2025


नेपाल र जिम्वाब्बे भिड्दै


182
Shares


काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्रतियोगिता आजबाट जिम्बावेमा सुरु भएको छ ।

पहिलो दिन नेपाल र घरेलु टोली जिम्बावेबीच खेल भईरहेको छ । नेपालले विश्वकप छनोट क्रिकेटको पहिलो खेलमा ब्याटिङ गरिरहेको छ । घरेलु टोली जिम्बाब्वेले हरारे स्पोर्टस क्लबमा टस जितेपछि नेपाललाई पहिला ब्याटिङका लागि बोलाएको हो । जिम्बावेविरुद्धको आजको खेल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल हुनेछ । नेपाल र जिम्बावेले हालसम्म एक मात्र ५० ओभरको खेल खेलेको छ । २०१८ मा जिम्बावेमा भएको विश्वकप छनोट खेलमा नेपाललाई जिम्बाबेले ११६ रनले हराएको थियो ।

नेपालले देव्रेहाते स्पिनर ललित राजवंशीलाई बाहिर राखेर तीन मध्यम गतिका बलरहरुलाई खेलाउने निर्णय गरेको छ । विश्वकप लिग २ मा तेस्रो स्थानमा रहि नेपाल विश्वकप छनोटक्रममा पुगेको थियो । सोक्रममा नेपालले १२ मध्येको ११ खेल जितेको थियो । यसैवर्ष अक्टोबर–नोभेम्बरमा भारतमा हुने विश्वकपका लागि छनोटको आधार रहेको प्रतियोगितामा नेपाल समावेश समूह ‘ए’ मा दुई टेस्ट राष्ट्र वेस्ट इन्डिज र जिम्बाब्वेसहित नेदरल्यान्ड्स र अमेरिका रहेको छ । त्यस्तै समूह ‘बी’ मा श्रीलंका,आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र यूएई छन् ।

समूहका शीर्ष ३ टोली सुपर लिगमा पुग्ने छन् । त्यसबाट शीर्ष दुई टोली फाइनल पुग्दै भारतमा हुने विश्वकपका लागि छानिने छन् । समूह ‘ए’ का खेलहरु हरारे र समूह ‘बी’ का खेलहरू बुलावायोमा हुनेछ ।