काठमाडौं । काभा नेसन्स लिग पुरुष भलिबल आइतबारदेखि किर्गिस्तानको बिस्केकमा सुरु हुँदैछ ।
प्रतियोगिताको पहिलो खेलमा आइतबार नेपालले मंगोलियासँग खेल्नेछ । नेपाल र मंगोलियाबीचको खेल दिउँसो १स्४५ बजे सुरु हुनेछ । सन् २०१८ को एसियन गेम्समा नेपालले मगोलियालाई हराएको थियो । अन्तराष्ट्रिय भलिबलमा पुरुषतर्फ नेपालको त्यो पहिलो जित थियो ।
यो खेलमा पनि मंगोलियालाई हराउँदै प्रतियोगितामा विजयी सुरुवात गर्ने नेपालको योजना छ । यसपटक नेपाली टोलीको कप्तानी हरि हजुर थापाले गरेका छन् । हेमन्त मल्ल, सफल विक र भिम गाहा मगरले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।
सेन्ट्रल एसियन भलिबल संघ (काभा)को आयोजनामा हुने यो प्रतियोगितामा नेपालसहित ६ देशका ७ टोलीले भाग लिएका छन् । यी सात टोलीहरु नेपाल, मंगोलिया, किर्गिस्तान, इरान, तुर्कमिनिस्तान, उज्वेकिस्तान र किर्गीस्गान ‘बि’ रहेका छन् ।






प्रतिक्रिया दिनुहोस्