१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


युरो च्याम्पियनसिप फुटबलको छनौट खेलमा पोर्चुगल र स्कटल्याण्ड विजयी


1.573k
Shares

काठमाडौं । युरो च्याम्पियनसिप फुटबलको छनौट खेलमा पोर्चुगलले बोस्नीया हर्जगोभिनालाई ३–० ले हराएको छ ।

शनिबार राति आफ्नै मैदानमा पोर्चुगललाई विजयी गराउन ब्रुनो फर्नान्डेजले दुई गोल गर्दा बर्नार्डो सिल्भाले एक गोल थपे । जितसँगै पोर्चुगलले समुह ‘जे’ मा तिन खेलबाट ९ अंक बटुल्दै अग्रता लिएको छ ।

उता समुह ‘एफ’ को खेलमा बेल्जीयमले अष्ट्रियासँग १–१ गोलको बराबरी खेलेको छ । ब्रसेल्समा भएको खेलमा मांगालाले आत्माघाति गोल गरेपछि घरेलु टोली बेल्जीयम १–० ले पछि पर्‍यो । दोस्रो हाफमा रोमेलु लुकाकुले एक गोल फर्काउदै टालीको उद्धार गरे । यो समुहमा तिन खेलबाट ७ अंक जोडेको अष्ट्रिया शिर्ष स्थानमा रहँदा ४ अंकसहित बेल्जीयम दोस्रो तथा ३ अंकसहित स्विडेन तेस्रोमा छ ।

समुह ‘ए’ मा स्कटल्याण्डले नर्वेलाई २–१ ले हराएको छ । नर्वेमा भएको खेलमा घरेलु टोलीका अर्लिङ ब्रट हाल्याण्डले पहिलो गोल गरेपनि स्कटल्याण्डका लिण्डन डाइक्स र केनी म्याक्लीनले खेलको अन्तिमतिर दुई गोल गर्दै नतिजा आफ्नो पक्षमा पारे । जितसँगै स्कटल्याण्डले समुहमा तिन खेलबाट ९ अंक जोड्दै अग्रता बनाएको छ ।

४ अंक जोडेको जर्जिया दोस्रो स्थानमा रहँदा ३ अंकसहित स्पेन तेस्रो स्थानमा छ ।