२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


काभा पुरुष भलिबलको खेल तालिका सार्वजनिक


1.677k
Shares

काठमाडौं । किर्गिस्तानमा हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगको खेल तालिका सार्वजनिक भएको छ ।

काभाले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो प्रतिद्वन्द्वी मंगोलिया परेको छ । नेपालले आइतबार मंगोलियाको सामना गर्नेछ । यस्तै, नेपालले दोस्रो खेलमा सोमबार किर्गिस्तानसँग खेल्ने तालिका रहेको छ ।

नेपालले तेस्रो खेलमा मंगलबार इरान, चौंथो खेलमा बिहीबार तुर्किमिनिस्तान र अन्तिम तथा पाँचौं खेलमा किर्गिस्तानको ‘बी’ टोलीसँग खेल्ने छ । नेपाली टोली शनिबार किर्गिस्तान पुगिसकेको छ । काभा नेसन्स लिगमा नेपालसहित ७ टोलीको सहभागिता रहेको छ ।

सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ । यस्तै, तेस्रो र चौथो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता आगामी जुन १८ देखि २५ सम्म हुनेछ ।