
सिन्धुली । सिन्धुली जिल्लामा सञ्चालित राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाइभर्सनको सुरुङ् निर्माणको काम आधा सकिएको छ ।
सुनकोशी मरिण डाइभर्सन बहुदेश्यीय आयोजनाको कुल १३ दशमलव ३ किलोमिटर लामो सुरुङमध्ये ६ दशमलव ६ किलोमिटर सुरुङको निर्माण कार्य सकिएको आयोजनाले जनाएको छ ।

यहाँ टनेल बोरिङ मेसिन (टीबीएम)बाट सुरुङ खन्न थालेको ८ महिनाको अवधिमा विभिन्न अवरोधकाबीच लक्ष्यभन्दा बढी प्रगति भएको देखिएको छ ।

उच्च प्रविधिबाट ५ दशमलब ५ डायमिटरको सुरुङ निर्माणका लागि चिनियां कम्पनी चाइना ओभरसिज इन्जिनियरिङले ठेक्का पाएको हो । यहि गतिमा लगातार काम हुने हो भने तोकिएको समय अगावै सुरुङग निर्माणको काम सम्पन्न हुने देखिएको छ । राष्ट्रकै बहुचर्चित राष्ट्रिय गौरवको आयोजना सुनकोशी– मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण भएपछि मधेश प्रदेशका जिल्ला समेत कृषि क्षेत्रमा समृद्ध हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्